सामान्य अंकले बढ्यो सेयर बजार: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौ – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार ३९४ कित्ता शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad imageAd image

८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैङ्क, ओम मेगाश्री फर्माक्यूटीकल्स, ग्रीन डेभलपमेन्ट बैङ्क, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, पियोर इनर्जीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । आज युनिभर्सल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्