शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि सेयर बजारको गिरावट कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले शेयर धितो कर्जाको प्रोभिजन (जोखिमभार) १२५ प्रतिशत रहेकोमा घटाएर १०० प्रतिशत गर्दा समेत शेयर बजार घटेको छ ।

आईतबार पौडेलले पहिलो मौद्रिक नीतिको समीक्षा गर्दै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लगाएको शेयर धितो कर्जाको प्रोभिजन घटाएर १०० प्रतिशत कायम गरेका थिए । तर, प्रोभिजन घटाएको भोलिपल्ट अर्थात आज सोमबार भने शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२१ अंकले घटेर बन्द भएको छ ।

- Advertisement -
Ad imageAd image

प्रि–ओपन सेसनमा समेत उच्च अंकले बढेको शेयर बजार बन्द हुँदा भने ०.१९ प्रतिशतले घटेर २६७४.७६ विन्दुमा आएको छ । बजार खुलेको केही समयमा उच्च अंककाले वृद्धि देखिएको नेप्सेमा आज ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन ।

आज दिनभरमा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर कारोबार भएको छ ।
आज ३३७ वटा कम्पनी कारोबारमा आउँदा ६९ हजार ६५१ पटक शेयर किनबेच भएको छ । आज वाणिज्य बैंक र उत्पाद तथा प्रशोधन बाहेक अन्य सबै समूह घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्