दुर्गा प्रसाईंको बयानः मैले तोडफोड र आगजनी गर्न निर्देशन दिएको थिइनँ, रविन्द्र र धवल शमशेरले भीडलाई उत्तेजित बनाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तीनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उक्त घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणालगायतलाई प्रतिवादी बनाइएको छ । प्रसाईँमाथि लागेको राज्यविरुद्धको कसुरको बयानमा उनले सबै दोष अरुमाथि खन्याएका छन् ।

उनले आफूले तिनकुनेस्थित रहेको खुल्ला चौरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिई कार्यक्रमको घोषणा गरेको, घरमा तोडफोड तथा आगजनी गर्ने र गर्न लगाउने कार्यमा संलग्न नरहेको बयान दिएका छन् ।

- Advertisement -
Ad image

प्रसाईँले बयानका क्रममा घरमा आगलागि गर्ने, तोडफोड गर्ने मानिसहरु सतिश न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतम, हेमराज थारु, सन्तोष राजावादी भन्ने सन्तोष सिलवालसमेतका मानिसहरु रहेको बताएका छन् । उनले हुलभीडको समुहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने सन्तोष सिलवाल र उनको समूह रेको अराोप लगाएका छन् ।

प्रसाईँले मृतक सुरेश रजक र जाहेरवाला सुजन मगियासँग चिनजान, रिसइवी, लेनदेन र वादविवाद केही पनि नरहेको र कुनै दिन पनि देखेभेट र सम्पर्कसमेत नरहेको बताएका छन् । उनले आफूले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागि निर्देशनसमेत नदिएको बयानमा उल्लेख छ ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवल शमशेर जबरा र राप्रपाकै वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको कारण भीड उत्तेजित भएकोसमेत बयानका क्रममा बताएका छन् । ‘म कार्यक्रमस्थलमा हुन्जेलसम्म पनि तोडफोड आगजनी भएको थिएन म कार्यक्रम स्थलबाट ज्यान बचाउनको म आफू सुरक्षित स्थल तर्फ हिडेपछि मैले सामाजिक संजालहरुमा पोष्ट भएको भिडियोहरु हेर्दा रबिन्द्र मिश्र, डा. धवल शम्शेर जवरासमेतको नेतृत्वमा संसद कब्जा गर्ने भनि हुलभीडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरी टोलीसँग झडप भईसकेपश्चात उत्तेजित हुलभीडको समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ,’– बयानका क्रममा उनले भनेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्