गृहमन्त्री लेखक विवादमा फसेका बेला कांग्रेस-एमालेका शीर्ष नेताबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा फसेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेल, कृषिमन्त्री समेत रहेका रामनाथ अधिकारी र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।

- Advertisement -
Ad imageAd image

बैठकमा समसामयिक विषयवस्तु र सरकारको काम कारबाहीका विषयमा छलफल भइरहेको जनाइएको छ । एमाले सचिवालय बैठक गरेपछि प्रधानमन्त्री ओली कांग्रेससँगको छलफलमा बसेका छन् ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्