अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

पोखरा – अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको उद्घाटन समेत गरिएको छ ।

उनले शनिबारदेखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।

- Advertisement -
Ad imageAd image

देवी प्रतिभाले नेपाल भक्तजनको मायाले पुनः पोखरामा कथा वाचनको लागि आफूलाई तानेको बताइन् । उनको ‘प्यार से बोलो ना’ शब्दले पोखरा कोटिहोम गुञ्जायमान भइरहेको छ ।

उनले भनिन्, ‘मलाई नेपाली भक्तजनले यति धेरै माया दिनुभएको छ कि त्यहीँ मायाको कारण पुनः पोखरामा कथा वाचनको लागि आएकी छु । पोखरावासीबाट २ दिनमा १ हजार म्यासेज आयो भने आउँछु भनेको थिए । तर १ घण्टामा नै आयो यो मायाको लागि आभार छु ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्