पूर्वराजा ज्ञानेन्द्र शाहसँग राजावादी नेताहरूको सामूहिक भेटवार्ता: जेठ १५ को आन्दोलन सशक्त बनाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । आउँदो १५ जेठदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा चलिरहेका बेला बिहीबार सोल्टी होटलमा लन्चसहित करीब डेढ घण्टा पूर्वराजा ज्ञानेन्द्रसँग कुराकानी भएको हो ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न सोल्टी होटल पुगेका थिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्