कुलेखानी-कलंकी सडक आजदेखि जेठ २० गतेसम्म बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – कुलेखानी–कलंकी–हुमाने सडक शुक्रबारदेखि १९ दिनसम्म बन्द हुने भएको छ । मर्मत र कालोपत्रको लागि यो सडक जेठ २० गतेसम्म बन्द रहने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयले काठमाण्डु–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ।

- Advertisement -
Ad imageAd image

काठमाडौं वा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने गाडीलाई कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्