रवीन्द्र मिश्र सर्वोच्चमा हाजिर: बन्दी प्रत्यक्षीकरणको सुनुवाइ शुक्रबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि बिहीबार मिश्रलाई अदालतमा हाजिर गराएर फर्काइएको छ।

बन्दी प्रत्यक्षीकरण मुद्दामा हिजो सर्वोच्चले उनलाई २४ घण्टाभित्र शशरीर अदालत उपस्थित गराउन आदेश दिएको थियो।

- Advertisement -
Ad image

पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले उक्त आदेश जारी गरेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको हो। उनको रिट निवेदनउपर शुक्रबार सुनुवाइ हुने भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्