ट्राफिक प्रहरीले जनपद प्रहरीलाई कुटेको भिडियो भाइरल !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको नागढुंगामा एकजना ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका सहायक हवल्दारलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

घटना बुधवार बिहान भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उक्त घटनाका विषयमा उनीहरुसँग जानकारी लिने काम भइरहेको घिमिरेले बताए ।

- Advertisement -
Ad imageAd image

प्रहरी स्रोतका अनुसार जनपद प्रहरीले भारतीय गाडीबाट पैसा लिएको ट्राफिकले देखेपछि उक्त घटना भएको हो । घिमिरेले भने अनुसन्धानपछि घटनाबारे जानकारी दिने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्