टी-२० विश्वकपको एशिया छनौटमा नेपाल र बहराइन भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौं – थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज बहराइनसँग खेल्दै छ । नेपाल र बहराइनबीचको खेल तेरथाइ क्रिकेट ग्राउण्डमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ ।

यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १-१ अंक बाँडे । नेपालले बहराइनसँग हालसम्म २ पटक खेल्दा २ पटक नै जितेको छ । नेपालले बहराइनलाई एकपटक १४ रनमा तथा एकपटक ३१ रनमा अलआउट गरेको छ ।

- Advertisement -
Ad imageAd image

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ । लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्