पाकिस्तानले आत्मघाती ड्रोन आक्रमण गरेपछि जम्मु कश्मीरमा ‘ब्ल्याकआउट’ !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – पाकिस्तानले बिहीबार राति ८ बजे आत्मघाती ड्रोनबाट जम्मुमा आक्रमण गरेको तर भारतीय वायु रक्षा मिसाइलले सबै ड्रोन खसालेको दाबी भारतीय पत्रिका दैनिक भास्करले गरेको छ।

जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको र पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको दाबी पनि उक्त पत्रिकाले गरेको छ।

- Advertisement -
Ad imageAd image

उसका अनुसार धेरै ड्रोन देखिएका छन्। आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।

सीमावर्ती राज्यहरू पन्जाब, जम्मु कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। यसअघि पन्जाबको गुरदासपुर, राजस्थानको बारमेर, जैसलमेर र जोधपुरमा दैनिक राति ९ बजेदेखि बिहान ५ बजेसम्म ब्ल्याकआउट गर्ने आदेश दिइएको थियो।

यी सहरका लागि स्थानीय प्रशासनले निर्देशिका जारी गरेको छ। बीकानेरको श्री गंगानगरमा प्रशासनले अर्को आदेश नभएसम्म ड्रोन उडाउन र पटाका पड्काउन प्रतिबन्ध लगाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्