भारत-पाकिस्तानबीच पूर्णस्तरमा युद्ध भए कसले जित्ला? कुन देशसँग कति छन् शक्तिशाली हतियार?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८२, बुधबार
4 Min Read
Aa

काठमाडौं – भारत-पाकिस्तानबीच कश्मीरमा भएको एक आतंकवादी आक्रमणपछि बढेको तनावले अब एक अर्का देशविरुद्ध युद्धको रुप धारण गरेको छ। भारतले मंगलवार राति पाकिस्तानका विभिन्न भागमा मिसाइल प्रहार गरेको छ। पाकिस्तानमाथिको आक्रमणलाई भारतले ‘अप्रेशन सिन्दुर’ नाम दियो।

भारतले पाकिस्तानमाथि आक्रमण गरेसँगै पाकिस्तानले पनि आफ्नो सेनालाई भारतमाथि आक्रमणका लागि अधिकार दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। योसँगै अब भारत र पाकिस्तान कतै पूर्ण सैन्य आक्रमणमा उत्रिने त हैनन् भने आशंका बढेको छ।

- Advertisement -
Ad imageAd image

यसैबीच, अहिले भारत–पाकिस्तानबीचको युद्धलाई लिएर कसले जित्ला भन्ने अनुमान सुरु भएका छन्। यो युद्धमा दुबै देश आणविक हतियारले सुसज्जित भएकाले दुबै देशले क्षति मात्र भोग्नेछन्। यसले दुबै देशको विकास गति रोक्ने छ भने हजारौं निर्दोषहरुले ज्यान गुमाउनेछन्।

यद्यपि, युद्ध भएको खण्डमा कुन देशसँग कस्ता हतियार र एयर डिफेन्स सिस्टम छन् हेरौं।

भारतसँग सर्वाधिक शक्तिशाली मिसाइलका रुपमा अग्नि–५ मिसाइल रहेको छ। जसको मार हान्न सक्ने क्षमता ५ हजार किलोमिटर रहेको छ। यो मिसाइलले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल भारतको सर्वाधिक शक्तिशाली हतियारका रुपमा रहेको छ। अग्नि–५ ले चीनको राजधानी बेइजिङ तथा युरोप र पूर्वी अफ्रिकाका केही शहरसम्म मार हान्ने क्षमता राख्छ।

अर्कोतर्फ पाकिस्तानसँग शाहीन–३ नामक मिसाइल रहेको छ। जसले २७ सय ५० किलोमिटर मार हान्न सक्छ। मध्यमस्तरको ‘ब्यालिस्टिक’ मिसाइलले आणविक तथा पारम्परिक युद्ध सामग्री बोक्नसक्ने यो मिसाइल २०१५ मा सफल परीक्षण गरिएको थियो। पाकिस्तानले यो मिसाइलले भारतको जुनसुकै भूभागमा आक्रमण गर्न सक्ने दाबी गर्दै आएको छ।

एन्टि ब्यालेस्टिक मिसाइल

रक्षा विश्लेषक हैरिसन कासले ‘द नेशनल इन्ट्रेस्टु मा लेखेका छन् कि’ भारत ती देश मध्यमा पर्छ जोसँग एन्टि ब्यालेस्टिक मिसाइल सिस्टम’ छ। भारतसँग एन्टि मिसाइल डिफेन्स दुई प्रकारका छन्। एउटा पृथ्वी एयर डिफेन्स (पीएडी) मिसाइल छ भने अर्को एडभान्स एयर डिफेन्स (एएडी) रहेको छ। जुन कम उचाइवाला मिसाइल रोक्ने गर्छ।

भारतले रसियासँग मिलेर ब्रम्होस तथा ब्रम्होस्–२ हाइपरसोनिक क्रुज मिसाइलको पनि विकास गरेको मानिन्छ। यो मिसाइल जमिन, हावा तथा समुन्द्र सबै प्लेटफर्मबाट प्रहार गर्न सकिन्छ।

समग्रमा दुबै देशले एक अर्कालाई युद्धका लागि तयार गर्न भन्दै आफ्नो मिसाइल क्षमता बढाइरहेका छन्। तर यि दुबै देशसँग त्यत्ति बलियो रक्षा सम्यन्त्र विकसित भइसकेको छैन्। जति अन्य ठूला राष्ट्रसँग छ। तर पाकिस्तानसँग भारतमा मार हान्ने पर्याप्त हतियार रहेको मानिन्छ। यस्तोमा मानवीय क्षति जति पनि गर्न दुबे देश सक्षम छन्।

कोसँग कति आणविक हतियार

दुबै देशसँग आणविक हतियार रहेको छ। भारतसँग १ सय ६० तथा पाकिस्तानसँग १ सय ७० रहेको मानिन्छ। पाकिस्तानले आवश्यक्ता परेमा ‘पहिले प्रयोग गर्ने’ रणनीति स्विकार गरेको छ। यस्तोमा भारतले भने आणविक हतियार ‘पहिलो प्रयोग नगर्नुपर्ने नीति अपनाउँदै आएको छ। तर, उसले कसैले आक्रमण गरेमा जवाफ दिन सक्ने छ। समग्रमा दुबे देश पूर्ण युद्यको अवस्थामा पुगेमा यसले भयावह मानविय संकट ल्याउने पक्का छ। जसले विश्व अर्थतन्त्रमानै पुनः एकपटक जोखिम बढाउनेछ।

नेपालमा के असर पर्छ?
भारत र पाकिस्तान दुबै नेपालका निकट छिमेकी देश हुन्। अहिले प्रारम्भिक युद्धको दौरानमै नेपालमाथि समेत दबाब बढिसकेको छ। हजारौं नेपाली भारतमा रहँदा उनीहरु स्वदेश फर्किने छन् नै साथमा भारतीय नागरिक पनि सुरक्षित स्थानको खोजिमा नेपाल आउने सम्भावना उच्च रहन्छ। अर्को तर दुई ठूला देश अस्थिरतामा फसे नेपाल त्यसबाट चोखो रहने छैन्। जसले गर्दा नेपाल समेत अप्रत्यक्ष रुपमा युद्धको मारमा पर्ने निश्चित छ। भूपरिवेष्ठित मुलुक भएको हिसाबले समग्र आयत चक्रनै वर्वाद हुने सम्भावना रहँदा नेपालमा महँगी र कालोबजारी फस्टाउने सम्भावना विज्ञहरुले औंल्याउँदै आएका छन्।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्