गठबन्धनमा समस्या छैन, गभर्नर नियुक्ति ओलीले गर्दा ढिला भएको होइन: देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका हुन्।

उनले गभर्नर नियुक्तिमा समेत कुनै समस्या नरहेको जिकिर गरेका छन्। ‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो। ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने।

- Advertisement -
Ad image

कांग्रेस-एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्