९ अंकले घट्यो नेप्से: कारोबार रकममा पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ९ अंकले घटेको छ । आज नेप्से ९.६२ अंकले घटेर परिसूचक २६१०.७६ विन्दुमा पुगेको हो।

आज नेप्से ०.३६ प्रतिशतले घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ । ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

यस्तै ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६५ हजार ८८४ पटक शेयर किनबेच भएको छ । आज लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा बढेको छ भने बाँकी सबै समूह घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्