प्रतिनिधिसभा बैठक बस्दै: आजदेखि नीति तथा कार्यक्रममा छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने भएको छ।

- Advertisement -
Ad imageAd image

जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम माथी छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने आजैबाट सो नीति तथा कार्यक्रम माथि सांसदहरूले प्रस्तुत गरेको संशाेधन र नीति तथा कार्यक्रम माथी छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियाे। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्