आवासीय चिकित्सक र सरकारबीच सहमति: आन्दोलन स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने सहमति भएको हो। चिकित्सक संघका महासचिव डा सञ्जिव तिवारीले आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने प्रतिवद्धता आएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।

- Advertisement -
Ad imageAd image

त्यस्तै अतिरिक्त सेवा सुविधा, विदा लगाएतका विषयमा कार्यदल गठन गरेर १५ दिनभित्र सेवा सुविधा निर्धारण गर्ने सहमति भएको उहाले बताए। सरकारको प्रतिवद्धता आएसँगै आफूहरुले सम्पूर्ण आन्दोलन स्थगन गरिएको उनले जानकारी दिए।

त्यस्तै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा भीम प्रसाद सापकोटाले आन्दोलनरतपक्षसंग निरन्तर छलफलपछि सहमति भएको र चिकित्सकहरु आन्दोलनमा फर्कने वातावरण तयार भएको बताए।

यसअघि बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सक आन्दोलनमा थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्