दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी छनौट: कुशल मल्लसहित २८ जना बाहिरिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम छनौट गरेको छ ।

आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय तथा टी-२० श्रृंखलाका लागि टोली तयारीमा जुटेको हो ।

- Advertisement -
Ad imageAd image

कप्तान रोहित पौडेलसहित दोस्रो चरणको क्याम्पमा आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसिर अहमद, दिलिप नाथ, आरिफ सेख, युबराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजबंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिस जिसी, रिजन ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसाकार रहेका छन् ।

राष्ट्रिय टिममा लगातार खेलिरहेका कुशल मल्ललाई भने यस सूचीबाट बाहिर राखिएको छ । त्यस्तै, युवा खेलाडी युवराज खत्री, रुपेस सिंह, किरण ठगुन्ना र शुभ कंसकार भने उत्कृष्ट प्रदर्शनका आधारमा दोस्रो चरणको क्याम्पमा स्थान बनाउन सफल भएका छन् ।

टोलीको अन्तिम टुंगो भने स्कटल्यान्ड प्रस्थान अघि गरिने छ ।

यी हुन् दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी
१‍. रोहित पौडेल (कप्तान)
२. आसिफ शेख
३. कुशल भुर्तेल
४. अनिलकुमार साह
५.दिपेन्द्रसिंह ऐरी
६.भीम सार्की
७. गुल्शनकुमार झा
८. अर्जुन साउद
९. बसीर अहमद
१०.किरण ठगुन्ना
११.आरिफ शेख
१२. युवराज खत्री
१३. दिलिप नाथ
१४. सन्दीप लामिछाने
१५. ललितनारायण राजवंशी
१६. शहाब आलम
१७. सोमपाल कामी
१८. करण केसी
१९. नन्दन यादव
२०. प्रतिस जीसी
२१. रिजन ढकाल
२२. आकाश चन्द
२३. रुपेश सिंह
२४.शुभ कंसकार
२५.लोकेश बम

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्