प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश प्रमुख विजय चौथाइवालेले बिहीबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा २ देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

- Advertisement -
Ad imageAd image

बुधबार काठमाडौं आएयता चौथाइवालेले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्