सिंहदरबारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ दलका प्रमुख शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

बिहीबार साँझ दुवै नेताहरूबीच समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको बताइएको छ ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा सरकारको स्थायित्व, दलहरूको भूमिकाबारे आपसी बुझाइ आदान–प्रदान भएको छ ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाइएको भए पनि उनी भेटमा गएनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्