जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै: २५ पदाधिकारी, सात सय केन्द्रीय सदस्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – तराई मधेस केन्द्रित दुई दलबीच आज पार्टी एकीकरण हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेदेखि घोषणा सभा सुरू हुने जनाइएको छ।

जसअनुसार नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ।

- Advertisement -
Ad imageAd image

साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको  छ। एकतासँगै सो पार्टी तराई मधेस केन्द्रीत दलको सबैभन्दा ठूलो पार्टी हुनेछ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन भने २५ सदस्सीय केन्द्रीय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०-३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने  भएका छन्।

२०७७ सालमा सिके राउत नेतृत्वमा जनमत र २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसद्‌मा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौं ठूलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्