गगनविरुद्धको मुद्दामा अदालतको आदेशः विचाराधीन मुद्दामा प्रतिकूल असर पर्नेगरी अभिव्यक्ति दिने कार्य नगर्नु/नगराउनु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश भएको छ । संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले उक्त मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको हो ।

साथै, अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्नेगरी कुनै पनि अभिव्यक्ति दिने कार्य नगर्न/नगराउन अदालतले भनेको छ । ‘न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमा संघीय संसद्को कु्नै सदनमा समेत छलफल नगरिने मान्यता संविधानको धारा १०५ ले आत्मसात गरेको सन्दर्भमा अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलतासमेतलाई विचार गरी अदालतसमक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्नेगरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नु/नगराउनु,’– आदेशमा भनिएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्