१४ अंकले घट्यो नेप्से: कारोबार रकममा पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ । आज नेप्से ०.६४ प्रतिशतले घटेर २६४७ विन्दुमा आएको हो ।

कारोबारमा आएका १६७ कम्पनीको सेयर घट्यो भने ७८ कम्पनीको सेयर बढ्यो । कारोबारका आधारमा यसदिन ङादी ग्रुप, राढी विद्युत, यूनिभर्सल पावर कम्पनी अगाडि रहे ।

- Advertisement -
Ad image

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने सप्तकोसी डेव्लपमेन्टको सेयर ९ प्रतिशतले घट्यो ।

यसदिन फाइनान्स १.५९, होटल तथा पर्यटन ०.०८, निर्जीवन बीमा ०.०३ र व्यापार समूह ०.४१ प्रतिशत बढे भने बैंकिङ ०.४८, विकास बैंक ०.७५, जीवन बीमा ०.११ लगानी २.१५, माइक्रो फाइनान्स ०.६०, म्युचल फण्ड ०.४१ ,तथा अन्य समूह ०.३१ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्