काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहित २४ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीले आईतबार मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो। अदालतले उनीहरू सबैलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीले मिश्र र प्रसाईंविरुद्ध राजद्रोह र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ भने अन्यविरुद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्