नेप्से परिसूचकमा सामान्य सुधार: कारोबार रकममा उछाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर ८९ हजार एक सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

- Advertisement -
Ad imageAd image

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ३८, जलविद्युत् एक दशमलव शून्य छ, लगानी एक दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २४ र व्यापार समूहको उपसूचक एक दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् ।

बैंकिङ शून्य दशमलव ३९, विकास बैंक शून्य दशमलव शन्य दुई, वित्त एक दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूहको उपसूचक शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रु ८६ करोड १७ लाख ३८ हजार बराबर खरिदबिक्री भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्