पोखरालाई पराजित गर्दै ललितपुरद्वारा एनएसएलको उपाधि रक्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८२, शनिबार
1 Min Read
Aa
Ncell Nepal Super League 2025: Final match between Lalitpur City FC and Pokhara Thunders FC at Dasharath Stadium in Kathmandu on Saturday 26.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

काठमाडौं – पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनलमा ललितपुरले पोखरालाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल खेलमा पोखरा थण्डर्सलाई २–१ गोलले पराजित गर्दै ललितपुर दोस्रो पटक एनएसएल च्याम्पियन बनेको हो ।

- Advertisement -
Ad imageAd image

दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत निकाल्यो ।

पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पोखराले एलिमिनेटर खेलमा एफसी चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो । ललितपुरले भने पहिलो क्वालिफायरमा धनगढीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्