सरकार ढल्दैछ भनेर चलाएको हल्लाको पछि नलाग्न प्रधानमन्त्री ओलीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भनेर चलाईएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । आज (शनिबार) बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार ढल्दैछ भनेर चलाईएको हल्लाको पछि नलाग्न र आफ्नो काममा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएका हुन् ।

सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट ओर्लिनेबित्तिकै सरकार ढल्दैछ भनेर भ्रम फिजाइएको भन्दै कडा शब्दमा आलोचना गरे । तर, देउवा काठमाडौं ओर्लिएर गठबन्धन दायाँबायाँ नहुने भनेर जवाफ दिएपछि विरोधीहरु थचक्क बसेको उनको भनाई थियो ।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ। मैले साथीहरुलाई भन्दै आइरहेको छु, भ्रम फिजाउने तत्वहरुले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस् ।’ यसअघि एमालेले यही बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रममा पनि प्रधानमत्री ओलीले आफूहरुलाई सरकारको भन्दापनि चुनावको चिन्ता भएको बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्