नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि शनिबार साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्स खेल्दैछन् । फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए ।

ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा पोखरा ३–२ गोलले पराजित भएको थियो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर उपाधि नजिकै पुग्यो ।

- Advertisement -
Ad imageAd image

पोखरा लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको थियो । काठमाण्डौ रेजर्ससँग समान ८ अङ्क भए पनि गोलअन्तरमा पोखरा अघि रह्यो । पोखराले एलिमिनेटरमा चितवन एफसीलाई ३ गोलले हराएको थियो । दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढीलाई एक गोलले पराजित गरी पोखरा फाइनल पुगेको हो ।

तेस्रो संस्करणको एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले हिजो पत्रकार सम्मेलन गरी विजेताले ८० लाख रुपैयाँ पाउने जानकारी दिएको हो । यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । यसैगरी व्यक्तिगत विधामा पनि अवार्ड र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्