सर्वाेच्चको आदेशका कारण शिक्षकका माग सम्बोधन गर्न सरकार बाध्य: आज निर्णायक वार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८२, शनिबार
1 Min Read
Aa
काठमाडौँ, ३ वैशाखः देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको प्रदर्शन काठमाडौँको–माइतीघर मण्डलास्थित सडकमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको प्रदर्शनमा बुधबार सहभागी शिक्षक शिक्षिका । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं – सर्वोच्च अदालतले शिक्षकहरुका माग सम्बोधन गरेर तीन दिन भित्र विद्यालय फर्काउन आदेश दिएपछि सरकार निर्णायक वार्ता गर्न बाध्य भएको छ ।

सरकार र आन्दोलनरत शिक्षकबीच आज (शनिबार) बिहान निर्णायक वार्ता हुँदैछ। वार्ता ७:३० बजेका लागि तय भएको शिक्षा मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन्।

- Advertisement -
Ad imageAd image

शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए।

शिक्षकका प्रतिनिधि हिँडेपछि भने पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए। मन्त्रालयले भने हिजो कारणवस शिक्षकहरुसँग वार्ता हुन नसकेको जनाएको छ। हिजो तय भएको वार्ताको लागि सरकारले शिक्षकका प्रतिनिधि तोकिदिएपछि वार्ता भाँडिएको थियाे।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन्।शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।

परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्