लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ९.९६ अंकले घटेको छ । मंगलबार भएको शेयर कारोबारमा नेप्से घटेर २६८८.३२ अंकमा पुगेको हो ।

बुधबार नेप्सेमा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार बराबरको शेयर कारोबार हुँदा १६० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा होटेल, म्यानुफ्याक्चरिङ र अन्य उपसमूह बाहेक सबै समूहको सूचक घटेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट भेभलपमेन्ट बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्