१२ कक्षाको परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – कक्षा १२ को परीक्षा सर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १२ कक्षाको परीक्षा सार्न निर्देशन दिएका हुन् ।

शिक्षकहरुको आन्दोलन तथा प्रधानमन्त्रीको अनुरोध पछि परीक्षा सर्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न निर्देशन दिएका थिए।

- Advertisement -
Ad image

अहिले बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नयाँ मिति तोक्ने बताइएको छ। बोर्डले भने शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर भएपनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको बताएपछि परीक्षा केही दिन पछाडि सर्ने भएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्