नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १६.६८ अंकले घटेर परिसूचक २७०६ विन्दुमा कायम भएको छ ।

आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।

- Advertisement -
Ad imageAd image

यसदिन राधि विद्युत्, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, निफ्रा र सानिमा माइ हाइड्रोपावरले सर्वाधिक कारोबार गरे । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्याे ।

बैंकिङ, विकास बैंक, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १.०३ प्रतिशत घटे ।

यस्तै व्यापार १.०२ र उत्पादन ०.५२ प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्