रास्वपाले तोक्यो प्रदेश इन्चार्ज: महाधिवेशन फागुन ७ देखि ९ सम्म चितवनमा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्ज तोकेको छ । बिहीबारको केन्द्रीय समिति बैठकले प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउन प्रदेश इन्चार्ज तोकेको छ । बैठकले जिल्ला कमिटीलाई अझै धेरै सक्रिय बनाउने उद्देश्य लिएको छ ।

रास्वपाले कोशी प्रदेश इन्चार्जमा सन्तोष परियार, मधेश प्रदेश इन्चार्जमा मनिष झा, बागमती प्रदेश इन्चार्जमा लिमा अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा शिशिर खनाल, लुम्बिनी प्रदेश इन्चार्जमा विपिनकुमार आचार्य, कर्णाली प्रदेश इन्चार्जमा गणेश पराजुली र सुदूरपश्चिम इन्चार्जमा हरि ढकाललाई जिम्मेवारी तोकेको छ ।

- Advertisement -
Ad imageAd image

बैठकले महाधिवेशनको नयाँ मिति तोकेको छ । २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ गतेसम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

हालसम्म रास्वपाको १ हजार ९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्