रास्वपाको केन्द्रीय समितिको आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज बस्दै छ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार  कार्यवाहक सभापति डिपी अर्यालले आज अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय,  घण्टीघर, बनस्थलीमा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त   रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन कार्य विवरण र जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण बारे विशेष रिपोटिंग हुने झाले जानकारी दिएका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्