सात अंकले बढ्यो नेप्से: कारोबार रकम भने घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन नेप्से ७ अंकले बढेर परिसुचक २६९६ विन्दुमा कायम भएको छ । आज १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २६ करोड ५१ लाख बराबरको कारोबार भयो ।

यस दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढे ।

- Advertisement -
Ad imageAd image

फाइनान्स ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे । आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ५९ करोडको कारोबार भयो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्