जाजरकोटमा ७ घण्टाको फरकमा २ भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ : ५३ बजे भूकम्प गएको हो । सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

- Advertisement -
Ad imageAd image

जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

गत चैत २१ गते साँझ पनि पैँक क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो । त्यतिबेला पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । यी दुई भूकम्पका कारण त्यो क्षेत्रमा केही घरमा सामान्य क्षतिसमेत पुगेको थियो ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन् । चैत २० गते दार्चुला केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्