आन्दोलित शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। आज बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने निर्णय गरेको हो।

बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ।

- Advertisement -
Ad image

आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने महासंघको निर्णय छ। शिक्षकहरुले राजधानी काठमाडौँमा आज १३औँ दिन पनि आन्दोलन जारी राखेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्