सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरेको एमालेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनैपनि सम्भावना नरहेको प्रष्ट पारेको छ । सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको हो ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ । यसले उहाँमा सरकारबाहिर रहँदाको एक खालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ ।’

- Advertisement -
Ad image

तर सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए । ‘राष्ट्रिय राजनीतिका यावत कुरा छोडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक अर्थोक केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ । त्यसलाई पनि खण्डन गरेका छौं’, ज्ञवालीले भने ।

अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्