डा. भीमराव अम्बेडकर जयंती र नयाँ वर्ष को अवसरमा राष्ट्रिय एकता अभियानद्वारा शुभकामना कार्यक्रम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – महान समाज सुधारक, संविधान निर्माता तथा हिन्दू वाङ्मयका विद्वान डा. भीमराव अम्बेडकरको जयन्ती र नेपाली नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रिय एकता अभियानद्वारा आयोजित शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

- Advertisement -
Ad imageAd image

समाजिक अभियन्ता नरेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव उपस्थित रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माननीय भूपेन्द्र चौधरी, देवी आचार्य, लक्ष्मी ज्ञावली, जसपाका नेता अशोक यादव, तथा युवा विभागका दिवस पटेल लगायतका विशिष्ट व्यक्तित्वहरूले आफ्नो मन्तव्य व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले डा. अम्बेडकरको विचार, सामाजिक समानता र समावेशीताको पक्षमा राखिएको योगदानलाई स्मरण गर्दै आजको परिवेशमा सामाजिक न्याय र एकताको सन्देशलाई अघि बढाउन सबैलाई आग्रह गरे। नयाँ वर्षको अवसरमा राष्ट्रिय एकता, सामाजिक समरसता र समृद्ध नेपालको निर्माणमा सधैं सक्रिय रहनुपर्ने कुरामा जोड दिइयो।

कार्यक्रममा उपस्थित सहभागीहरूले पनि उत्साहपूर्वक योगदान दिएका थिए भने, कार्यक्रम सञ्चालनको जिम्मेवारी प्रभावशाली ढंगले सम्बन्धित संयोजकद्वारा पूरा गरिएको थियो।

राष्ट्रिय एकता अभियानले सामाजिक रूपान्तरणको मार्गमा यस्ता क्रियाकलापमार्फत नयाँ पुस्तालाई प्रेरणा दिने कार्य गर्दै आएको सन्देश उक्त कार्यक्रममार्फत पुनः एकपटक उजागर भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्