घ्याम्पे खोलाम लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८१, आईतवार
0 Min Read
Aa

काठमाडौं – पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा आईतबार साँझ लेदोसहितको पहिरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो ।

लेदोका कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसले गर्दा पूर्व जाने र काठमाडौंं फर्किने सवारीसाधन र यात्रु अलपत्र परेका छन् । पहिरो रोकिएपछि लेदो पन्छाउने काम सुरु हुने प्रहरीको भनाइ छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्