राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दिवंगत पत्रकार सुरेश रजकको घरमा: गरे यस्तो प्रतिबद्वता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राजावादी मुलधारको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पार्टी नेताहरुका साथमा चैत १५ गते काठमाडौंको तीनकुने घटनामा मारिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको घर पुगेर शोकाकुल परिवारलाई भेटेका छन् ।

अध्यक्ष लिङदेन आज बागमती प्रदेशका सभामुख भुवन पाठक र राप्रपाका अन्य नेताहरुसहित रजक निवास ताहाचल पुगेका हुन् ।

- Advertisement -
Ad image

उक्त अवसरमा सुरेशको परिवारले उनलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक आयोग गठन गरिनुपर्नेलगायतका माग अध्यक्ष लिङदेनसमक्ष राखेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष लिङदेनले आफूहरुले पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद र सडकमा यो विषय उठाइरहेको र निरन्तर उठाइरहने प्रतिबद्वता व्यक्त गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्