वीरगञ्जमा कर्फ्यु आदेश जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – पर्साको वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शनिवार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई पक्षबीच तनाव उत्पन्न भएको थियो।

झडपपछि वीरगञ्जको स्थिति अत्यन्तै संवेदनशील बनेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

- Advertisement -
Ad imageAd image

झडपको क्रममा केही पसलहरूमा आगजनी भएको छ भने केही स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन् । अवस्था नियन्त्रणबाहिर जान नदिन वीरगञ्जका विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्