नेपाल प्रहरीले भन्यो-‘दुर्गा प्रसाईंको खोजी भइरहेकाे छ, पक्राउ परेका छैनन्’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको छ ।

“नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ,” प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -
Ad imageAd image

प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न समेत अनुरोध गरेको छ ।

490299311_986380310291159_7544571257705301707_n-1744305895.jpg

# यसअघि अन्यथा भएकाले यो समाचार र शिर्षक सच्याइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्