भारतका कृषिमन्त्री काठमाडाैंमा ! के नेपाल भारत सम्बन्ध सुध्रिएको हो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – भारतका कृषिमन्त्री शिवराज सिंह चौहान नेपाल आइपुगेका छन्। उनी मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भारतसँगको सम्बन्ध सुधारको चर्चा चलिरहेको बेला उनी काठमाडौं आएका हुन्। बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आएको भएतापनि उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

- Advertisement -
Ad imageAd image

केही दिनअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको बैंककमा भारतीय प्रधानमन्त्रीलाई भेटेर दुई देशको सम्बन्धको बारेमा कुराकानी गरेका थिए। उक्त भेटमा दुई देशबीचको सम्बन्ध सुधारको बारेमा छलफल भएको थियो।

यसैबीचमा भारतीय कृषिमन्त्री नेपाल आउँदा सम्बन्ध थप सुध्रिने अपेक्षा गरिएको छ।

बुधबार काठमाडौंमा बस्ने बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठकमा बिम्स्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरुले भर्चुअलरुपमा सहभागिता जनाउने मन्त्रालयले जनाएको छ।

बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन । बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्