काठमाडौं – अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ ।
सूचीकृत कम्पनीको अन्तिम कारोबार मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा गणना हुँदा अघिल्लो दिनको तुलनामा बजार ३.४४ अंक घट्न पुग्यो । आज १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोडको कारोबार भयो ।
आज कुल १२१ कम्पनीको मूल्य बढ्दा १२३ कम्पनीको घट्यो । कारोबारका आधारमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर,हिमालयन रिइन्स्योरेन्स अगाडी रहे ।
आज बोटलर्स नेपाल, ह्विन नेपाल लघुबित्त र नेपाल माइक्रो इन्सुरेन्सको सेयर १० प्रतिशतले बढेको छ भने बाराही हाइड्रो र सिन्धु बिकास बैंकको मूल्य ६ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्