राप्रपाले बल्खुमा शक्ती प्रदर्शन र आमसभा गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा गर्दैछ ।

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको कार्यक्रम प्रशासनले अनुमति नदिएपछि बल्खु सारिएको हो । राप्रपाले आजको आमसभालाई शान्तिपूर्ण बनाउन स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने तयारी गरेको छ ।

- Advertisement -
Ad imageAd image

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाइ रोक्न बिहान ९ बजेदेखि नै स्वयंसेवक खटाइने बताएका छन् ।

राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने लिङदेनले बताएका छन् । आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिएका छन् ।

गत १५ गतेको राजावादी आन्दोलनका क्रममा अराजक गतिविपिध गरेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा लगायत हाल हिरासतमा रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्