भोलि हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने राप्रपाको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ।

सोमबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो। बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भत्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाइ रोक्न हजारौं स्वयंसेवक खटाइने बताए।

- Advertisement -
Ad image

उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाँउको ठाँउ कारबाहीको व्यवस्था मिलाएको उल्लेख गरे। अध्यक्ष लिङ्देनले चैत्र १५ गते भएको प्रदर्शनमा पनि आयोजक भन्दा पनि राज्यपक्ष हिंसा भत्काउन उद्दत देखिएको जिकिर गरे। राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बताए।

उनले राप्रपाले आयोजना गर्न लागेको आमसभामा सहभागी हुन अपिल समेत गरे। आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरुको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफुलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्