पूर्व उपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनित भएका छन् । पार्टीले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको हो । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि लामो समयदेखि पासाङ राजनीतिक रुपमा निष्कृय नै थिए ।

पछिल्लो चार/पाँच महिनादेखि पार्टीको बैठकहरुमा अनौपचारिक रुपमा सहभागी हुने गरेका पासाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः उपाध्यक्ष बनाएका हुन् ।माओवादी जनयुद्धकालका ‘डेपुटी कमान्डर’ पासाङ पार्टी अध्यक्ष प्रचण्डको निकै विश्वास पात्रको रुपमा चिनिन्छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्