जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प: अघिल्लो भन्दा शक्तिशाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

 

काठमाडौँ – जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प भएको छ। अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली छ।

- Advertisement -
Ad image

जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।

दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ। दोस्रो भूकम्प ५ दशमलव ५ म्याग्निच्युडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्