मोदीसँग भेटेर प्रधानमन्त्री ओलीले भने: भेटवार्ता सार्थक र रचनात्मक रह्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् ।

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

“हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् , “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”

यसअघि प्रधानमन्त्री मोदीले नेपाली भाषामा लेखेर बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको बताएका थिए भने प्रधानमन्त्री ओलीले पनि हिन्दी भाषा मार्फत भेटवार्ता सौहार्दपूर्ण रहेको बताएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्