रवि र छविलाई थुनामा पठाउने उच्चको आदेश !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश गरेको छ । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवलमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउन आदेश दिएकाे हो । रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छाडेको थियो ।

- Advertisement -
Ad imageAd image

यस्तै बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पूर्वडीआईजी छविलाल जोशीबारे जिल्ला अदालतले गरेकै आदेश उच्च अदालतबाट सदर भएको छ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो। जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्